Gen 7

? AI
1
त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरुमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।
2
सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरु र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु।
3
अनि सबै जातका चराहरुबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरु अरु सबै ध्वंश गरिए पछि यिनीहरुका जातिहरुलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ।
4
अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरु ध्वंश पार्नेछु।”
5
अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।
6
जब पृथ्वीमा प्रलय आयो न्‌ह 600 वर्ष पुगेका थिए
7
प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरु अनि पत्नी र बुहारीहरु लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरु, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरु तथा घस्रिने प्राणीहरु आए।
8
9
10
अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।
11
नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्‌यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए।
12
अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो।
13
त्यही दिन नूह, उसकी पत्नी, छोराहरु शेम, हाम र येपेत अनि बुहारीहरु जहाज भित्र गए।
14
ती मानिसहरु, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरु, घरमा पालिने पशुहरु, भूँईमा घस्रने जन्तुहरु अनि प्रत्येक जातका चराहरु जहाजमा पसे।
15
यी सबै पशु-चराहरु नूहसंगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरु भाले र पोथीको जोडीको दलमा ती पशु चराहरु जहाजमा आए।
16
यी सबै पशुहरु परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।
17
जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।
18
पानीको स्तर माथि उठ्‌यो अनि नाव पानीमा तैरिन थाल्यो।
19
पानी यति साह्रो बढयो अग्लो-अग्लो पहाडहरु पनि पानीले ढाकिए।
20
एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरु पनि पानीमा बीस फिट डुबे। 21-22 पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरु घरेलु पशुहरु, र जंङ्गली पशुहरु, पृथ्वीमाथि उड्ने सबै प्राणीहरु अनि सबै सजीव वस्तुहरु जो सुख्खा भूमिमा थिए मरे।
21
22
23
यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे।
24
एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
Global Bible Tools - Collaborative Bible translation platform