1 וַיְדַבֵּ֥ר र–भन्नुभयो יְהוָ֖ה परमप्रभुले אֶל־ समक्ष מֹשֶׁ֥ה मोशालाई לֵּאמֹֽר׃ भनेर
परमप्रभुले मोशालाई भन्नु भयो,
2 דַּבֵּר֙ भन אֶל־ समक्ष בְּנֵ֣י छोराहरूलाई יִשְׂרָאֵ֔ל इस्राएलका וְיִקְחוּ־ र–लिऊन् לִ֖י मलाई תְּרוּמָ֑ה भेटी מֵאֵ֤ת बाट כָּל־ हरेक אִישׁ֙ मानिस אֲשֶׁ֣ר जसलाई יִדְּבֶ֣נּוּ मनले–प्रेरित–गर्छ לִבּ֔וֹ उसको–ह्रदय תִּקְח֖וּ लिऊ אֶת־ (वस्तु) תְּרוּמָתִֽי׃ मेरो–भेटी
“इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निश्चय गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।
3 וְזֹאת֙ र–यो הַתְּרוּמָ֔ה भेटी אֲשֶׁ֥ר जुन תִּקְח֖וּ लिनूपर्छ מֵאִתָּ֑ם तिनीहरूबाट זָהָ֥ב सुन וָכֶ֖סֶף र–चाँदी וּנְחֹֽשֶׁת׃ र–काँसा
ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,
4 וּתְכֵ֧לֶת र–नीलो וְאַרְגָּמָ֛ן र–बैजनी וְתוֹלַ֥עַת र–कीरा שָׁנִ֖י किर्मिजी–रङ्गको וְשֵׁ֥שׁ र–मसिनो–कपडा וְעִזִּֽים׃ र–बाख्राको–ऊन
निलो, बैजनी अनि रातो सुतीको धागो, मलमलको कपडा, बाख्राको भुत्ला।
5 וְעֹרֹ֨ת र–छाला אֵילִ֧ם भेडाको מְאָדָּמִ֛ים रातो–रङ्गाएको וְעֹרֹ֥ת र–छाला תְּחָשִׁ֖ים सागरी–गाईको וַעֲצֵ֥י र–काठ שִׁטִּֽים׃ बबुलको
रातो रंगले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।
6 שֶׁ֖מֶן तेल לַמָּאֹ֑ר बत्तीको–लागि בְּשָׂמִים֙ मसलाहरू לְשֶׁ֣מֶן तेलको–लागि הַמִּשְׁחָ֔ה अभिषेकको וְלִקְטֹ֖רֶת र–धूपको–लागि הַסַּמִּֽים׃ सुगन्धीत–मसलाहरू
बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।
7 אַבְנֵי־ ढुङ्गा שֹׁ֕הַם सोहमको וְאַבְנֵ֖י र–ढुङ्गा מִלֻּאִ֑ים जडान–बसाउने לָאֵפֹ֖ד एफोदको–लागि וְלַחֹֽשֶׁן׃ र–छातीपेटीको–लागि
अनि एपोद को निम्ति बहमूल्य रत्नहरू र न्यायको थैली।”
8 וְעָ֥שׂוּ र–बनाओस् לִ֖י मलाई מִקְדָּ֑שׁ पवित्र–स्थान וְשָׁכַנְתִּ֖י र–बस्नेछु–म בְּתוֹכָֽם׃ तिनीहरूको–बीचमा
परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।
9 כְּכֹ֗ל सबै–अनुसार אֲשֶׁ֤ר जो אֲנִי֙ म מַרְאֶ֣ה देखाउँदैछु אוֹתְךָ֔ तिमीलाई אֵ֚ת (वस्तु) תַּבְנִ֣ית नमूना הַמִּשְׁכָּ֔ן पवित्र–भवनको וְאֵ֖ת र תַּבְנִ֣ית नमूना כָּל־ सबै כֵּלָ֑יו सामानहरूको וְכֵ֖ן यसरी–नै תַּעֲשֽׂוּ׃ बनाऊ ס —
त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
10 וְעָשׂ֥וּ र–बनाओस् אֲר֖וֹן सन्दूक עֲצֵ֣י काठको שִׁטִּ֑ים बबुलको אַמָּתַ֨יִם दुई–र–आधा וָחֵ֜צִי र–आधा אָרְכּ֗וֹ हात–लम्बाइ וְאַמָּ֤ה र–एक וָחֵ֙צִי֙ र–आधा רָחְבּ֔וֹ हात–चौडाइ וְאַמָּ֥ה र–एक וָחֵ֖צִי र–आधा קֹמָתֽוֹ׃ उचाइ
“बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।
11 וְצִפִּיתָ֤ र–मढ्नू אֹתוֹ֙ यसलाई זָהָ֣ב सुनले טָה֔וֹר शुद्ध מִבַּ֥יִת भित्रबाट וּמִח֖וּץ र–बाहिरबाट תְּצַפֶּ֑נּוּ मढ्नू וְעָשִׂ֧יתָ र–बनाऊ עָלָ֛יו माथि זֵ֥ר किनारा זָהָ֖ב सुनको סָבִֽיב׃ चारैतिर
यो सन्दूकको भित्र अनि बाहिर शुद्ध सुनले मोहोर्नु पर्छ। सन्दूकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।
12 וְיָצַ֣קְתָּ र–ढाल לּ֗וֹ यसको–लागि אַרְבַּע֙ चारवटा טַבְּעֹ֣ת छापहरू זָהָ֔ב सुनका וְנָ֣תַתָּ֔ה र–राख עַ֖ל माथि אַרְבַּ֣ע चारवटा פַּעֲמֹתָ֑יו खुट्टाहरूमा וּשְׁתֵּ֣י र–दुईवटा טַבָּעֹ֗ת छापहरू עַל־ एक–पाटीमा צַלְעוֹ֙ भागमा הָֽאֶחָ֔ת एक וּשְׁתֵּי֙ र–दुईवटा טַבָּעֹ֔ת छापहरू עַל־ अर्को–पाटीमा צַלְע֖וֹ भागमा הַשֵּׁנִֽית׃ दोस्रो
सुनको चारवटा मुन्द्रीहरू बनाऊ अनि सन्दूकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्द्रीहरू लगाइदेऊ।
13 וְעָשִׂ֥יתָ र–बनाऊ בַדֵּ֖י डन्डाहरू עֲצֵ֣י काठको שִׁטִּ֑ים बबुलको וְצִפִּיתָ֥ र–मढ्नू אֹתָ֖ם तिनीहरूलाई זָהָֽב׃ सुनले
बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।
14 וְהֵֽבֵאתָ֤ र–घुसाऊ אֶת־ (वस्तु) הַבַּדִּים֙ डन्डाहरू בַּטַּבָּעֹ֔ת छापहरूमा עַ֖ל माथि צַלְעֹ֣ת पाटीहरूमा הָאָרֹ֑ן सन्दूकको לָשֵׂ֥את बोक्ने–गर्न אֶת־ (वस्तु) הָאָרֹ֖ן सन्दूकलाई בָּהֶֽם׃ तिनीहरूद्वारा
सन्दूकको दुवैतिरको मुन्द्रीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोक।
15 בְּטַבְּעֹת֙ छापहरूमा הָאָרֹ֔ן सन्दूकको יִהְי֖וּ रहोस् הַבַּדִּ֑ים डन्डाहरू לֹ֥א निकाल्नू יָסֻ֖רוּ निकाल्नू מִמֶּֽנּוּ׃ यसबाट
ती मुन्द्रीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्द्रीमा नै रहन देऊ।
16 וְנָתַתָּ֖ र–राख אֶל־ भित्र הָאָרֹ֑ן सन्दूकमा אֵ֚ת (वस्तु) הָעֵדֻ֔ת साक्षी–पाटी אֲשֶׁ֥ר जुन אֶתֵּ֖ן दिनेछु–म אֵלֶֽיךָ׃ तिमीलाई
“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
17 וְעָשִׂ֥יתָ र–बनाऊ כַפֹּ֖רֶת प्रायश्चित्त–ढक्नी זָהָ֣ב सुनको טָה֑וֹר शुद्ध אַמָּתַ֤יִם दुई–र–आधा וָחֵ֙צִי֙ र–आधा אָרְכָּ֔הּ लम्बाइ וְאַמָּ֥ה र–एक וָחֵ֖צִי र–आधा רָחְבָּֽהּ׃ चौडाइ
त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।
18 וְעָשִׂ֛יתָ र–बनाऊ שְׁנַ֥יִם दुईवटा כְּרֻבִ֖ים करूबहरू זָהָ֑ב सुनका מִקְשָׁה֙ घन–गरिएको תַּעֲשֶׂ֣ה बनाऊ אֹתָ֔ם तिनीहरूलाई מִשְּׁנֵ֖י दुवै קְצ֥וֹת किनाराहरूबाट הַכַּפֹּֽרֶת׃ प्रायश्चित्त–ढक्नीको
“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।
19 וַ֠עֲשֵׂה र–बनाऊ כְּר֨וּב करूब אֶחָ֤ד एउटा מִקָּצָה֙ एक–किनारामा מִזֶּ֔ה यस–तिरबाट וּכְרוּב־ र–करूब אֶחָ֥ד एउटा מִקָּצָ֖ה अर्को–किनारामा מִזֶּ֑ה अर्को–तिरबाट מִן־ बाट הַכַּפֹּ֛רֶת प्रायश्चित्त–ढक्नीको תַּעֲשׂ֥וּ बनाऊ אֶת־ (वस्तु) הַכְּרֻבִ֖ים करूबहरू עַל־ माथि שְׁנֵ֥י दुवै קְצוֹתָֽיו׃ किनाराहरूमा
एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्।
20 וְהָי֣וּ र–हुनूपर्छ הַכְּרֻבִים֩ करूबहरू פֹּרְשֵׂ֨י खोलेर כְנָפַ֜יִם पखेटाहरू לְמַ֗עְלָה माथि–तिर סֹכְכִ֤ים छोपेर בְּכַנְפֵיהֶם֙ आफ्ना–पखेटाले עַל־ माथि הַכַּפֹּ֔רֶת प्रायश्चित्त–ढक्नी וּפְנֵיהֶ֖ם र–तिनीहरूका–अनुहार אִ֣ישׁ एक–अर्कोतिर אֶל־ समक्ष אָחִ֑יו आफ्नो–भाइको אֶל־ समक्ष הַכַּפֹּ֔רֶת प्रायश्चित्त–ढक्नी יִהְי֖וּ हुनूपर्छ פְּנֵ֥י अनुहार הַכְּרֻבִֽים׃ करूबहरूको
करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
21 וְנָתַתָּ֧ र–राख אֶת־ (वस्तु) הַכַּפֹּ֛רֶת प्रायश्चित्त–ढक्नी עַל־ माथि הָאָרֹ֖ן सन्दूकको מִלְמָ֑עְלָה माथि–तिर וְאֶל־ र הָ֣אָרֹ֔ן सन्दूकमा תִּתֵּן֙ राख אֶת־ (वस्तु) הָ֣עֵדֻ֔ת साक्षी–पाटी אֲשֶׁ֥ר जुन אֶתֵּ֖ן दिनेछु–म אֵלֶֽיךָ׃ तिमीलाई
“म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।
22 וְנוֹעַדְתִּ֣י र–भेट्नेछु–म לְךָ֮ तिमीलाई שָׁם֒ त्यहाँ וְדִבַּרְתִּ֨י र–बोल्नेछु–म אִתְּךָ֜ तिमीसँग מֵעַ֣ל माथिबाट הַכַּפֹּ֗רֶת प्रायश्चित्त–ढक्नीको מִבֵּין֙ बीचबाट שְׁנֵ֣י दुईवटा הַכְּרֻבִ֔ים करूबहरूको אֲשֶׁ֖ר जुन עַל־ माथि אֲרֹ֣ן सन्दूक הָעֵדֻ֑ת साक्षी–पाटीको אֵ֣ת (वस्तु) כָּל־ सबै אֲשֶׁ֧ר जो אֲצַוֶּ֛ה आज्ञा–दिन्छु–म אוֹתְךָ֖ तिमीलाई אֶל־ समक्ष בְּנֵ֥י छोराहरूका יִשְׂרָאֵֽל׃ इस्राएलका פ —
जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।
23 וְעָשִׂ֥יתָ र–बनाऊ שֻׁלְחָ֖ן टेबुल עֲצֵ֣י काठको שִׁטִּ֑ים बबुलको אַמָּתַ֤יִם दुई אָרְכּוֹ֙ हात–लम्बाइ וְאַמָּ֣ה र–एक רָחְבּ֔וֹ हात–चौडाइ וְאַמָּ֥ה र–एक וָחֵ֖צִי र–आधा קֹמָתֽוֹ׃ उचाइ
“दुइ हात आधा लमाई, एक हात आधा चौढाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।
24 וְצִפִּיתָ֥ र–मढ्नू אֹת֖וֹ यसलाई זָהָ֣ב सुनले טָה֑וֹר शुद्ध וְעָשִׂ֥יתָ र–बनाऊ לּ֛וֹ यसको–लागि זֵ֥ר किनारा זָהָ֖ב सुनको סָבִֽיב׃ चारैतिर
टेबललाई शुद्ध सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।
25 וְעָשִׂ֨יתָ र–बनाऊ לּ֥וֹ यसको–लागि מִסְגֶּ֛רֶת किनाराको טֹ֖פַח वित्ता–चौडाइको סָבִ֑יב चारैतिर וְעָשִׂ֧יתָ र–बनाऊ זֵר־ किनाराको זָהָ֛ב सुनको לְמִסְגַּרְתּ֖וֹ किनाराको–लागि סָבִֽיב׃ चारैतिर
तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।
26 וְעָשִׂ֣יתָ र–बनाऊ לּ֔וֹ यसको–लागि אַרְבַּ֖ע चारवटा טַבְּעֹ֣ת छापहरू זָהָ֑ב सुनका וְנָתַתָּ֙ र–राख אֶת־ (वस्तु) הַטַּבָּעֹ֔ת छापहरू עַ֚ל माथि אַרְבַּ֣ע चारवटा הַפֵּאֹ֔ת कुनाहरूमा אֲשֶׁ֖ר जुन לְאַרְבַּ֥ע चारवटा רַגְלָֽיו׃ खुट्टाहरूमा–छ
त्यसपछि चारवटा सुनको कुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।
27 לְעֻמַּת֙ नजिकै הַמִּסְגֶּ֔רֶת किनाराको תִּהְיֶ֖יןָ हुनूपर्छ הַטַּבָּעֹ֑ת छापहरू לְבָתִּ֣ים ठाउँहरूको–लागि לְבַדִּ֔ים डन्डाहरूको–लागि לָשֵׂ֖את बोक्ने–गर्न אֶת־ (वस्तु) הַשֻּׁלְחָֽן׃ टेबुललाई
टेबलको चारै तिर घेरामा मुन्द्रीहरू लगाऊ। मुन्द्रीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।
28 וְעָשִׂ֤יתָ र–बनाऊ אֶת־ (वस्तु) הַבַּדִּים֙ डन्डाहरू עֲצֵ֣י काठको שִׁטִּ֔ים बबुलको וְצִפִּיתָ֥ र–मढ्नू אֹתָ֖ם तिनीहरूलाई זָהָ֑ב सुनले וְנִשָּׂא־ र–बोक्नेछ בָ֖ם तिनीहरूद्वारा אֶת־ (वस्तु) הַשֻּׁלְחָֽן׃ टेबुल
डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।
29 וְעָשִׂ֨יתָ र–बनाऊ קְּעָרֹתָ֜יו थालहरू וְכַפֹּתָ֗יו र–चम्चाहरू וּקְשׂוֹתָיו֙ र–गगरीहरू וּמְנַקִּיֹּתָ֔יו र–सुराहीहरू אֲשֶׁ֥ר जसद्वारा יֻסַּ֖ךְ ढाकिनेछ בָּהֵ֑ן तिनीहरूमा זָהָ֥ב सुनको טָה֖וֹר शुद्ध תַּעֲשֶׂ֥ה बनाऊ אֹתָֽם׃ तिनीहरूलाई
शुद्ध सुनको थाल, धुपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।
30 וְנָתַתָּ֧ र–राख עַֽל־ माथि הַשֻּׁלְחָ֛ן टेबुलमा לֶ֥חֶם रोटी פָּנִ֖ים उपस्थितिको לְפָנַ֥י मेरो–सम्मुख תָּמִֽיד׃ सधैँ פ —
टेबलमाथि मलाई विशेष रोटी चढाऊ त्यो रोटी संधै त्यहाँ मेरोअघि हुनु पर्छ।
31 וְעָשִׂ֥יתָ र–बनाऊ מְנֹרַ֖ת सामदान זָהָ֣ב सुनको טָה֑וֹר शुद्ध מִקְשָׁ֞ה घन–गरिएको תֵּעָשֶׂ֤ה बनाइनुपर्छ הַמְּנוֹרָה֙ सामदान יְרֵכָ֣הּ यसको–भुइँ וְקָנָ֔הּ र–यसको–डाँठ גְּבִיעֶ֛יהָ यसका–प्यालाहरू כַּפְתֹּרֶ֥יהָ यसका–गाँठोहरू וּפְרָחֶ֖יהָ र–यसका–फूलहरू מִמֶּ֥נָּה यसबाट יִהְיֽוּ׃ हुनूपर्छ
“त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शुद्ध सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।
32 וְשִׁשָּׁ֣ה र–छवटा קָנִ֔ים डाँठहरू יֹצְאִ֖ים निस्कनेछन् מִצִּדֶּ֑יהָ यसका–पाटीहरूबाट שְׁלֹשָׁ֣ה ׀ तीनवटा קְנֵ֣י डाँठहरू מְנֹרָ֗ה सामदानका מִצִּדָּהּ֙ एक–पाटीबाट הָאֶחָ֔ד एक וּשְׁלֹשָׁה֙ र–तीनवटा קְנֵ֣י डाँठहरू מְנֹרָ֔ה सामदानका מִצִּדָּ֖הּ अर्को–पाटीबाट הַשֵּׁנִֽי׃ दोस्रो
“त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।
33 שְׁלֹשָׁ֣ה तीनवटा גְ֠בִעִים प्यालाहरू מְֽשֻׁקָּדִ֞ים बादाम–आकारका בַּקָּנֶ֣ה एक–डाँठमा הָאֶחָד֮ एक כַּפְתֹּ֣ר गाँठो וָפֶרַח֒ र–फूलसहित וּשְׁלֹשָׁ֣ה र–तीनवटा גְבִעִ֗ים प्यालाहरू מְשֻׁקָּדִ֛ים बादाम–आकारका בַּקָּנֶ֥ה अर्को–डाँठमा הָאֶחָ֖ד अर्को כַּפְתֹּ֣ר गाँठो וָפָ֑רַח र–फूलसहित כֵּ֚ן यसरी לְשֵׁ֣שֶׁת छवटा הַקָּנִ֔ים डाँठहरूको–लागि הַיֹּצְאִ֖ים निस्कने מִן־ बाट הַמְּנֹרָֽה׃ सामदानको
प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बदामको फूल जस्तै बनाऊ।
34 וּבַמְּנֹרָ֖ה र–सामदानमा אַרְבָּעָ֣ה चारवटा גְבִעִ֑ים प्यालाहरू מְשֻׁקָּדִ֔ים बादाम–आकारका כַּפְתֹּרֶ֖יהָ यसका–गाँठोहरू וּפְרָחֶֽיהָ׃ र–फूलहरूसहित
सामदानमाथि अझ चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बदामका फूल जस्तै हुनु पर्छ।
35 וְכַפְתֹּ֡ר र–गाँठो תַּחַת֩ मुनि שְׁנֵ֨י दुईवटा הַקָּנִ֜ים डाँठहरूको מִמֶּ֗נָּה यसबाट וְכַפְתֹּר֙ र–गाँठो תַּ֣חַת मुनि שְׁנֵ֤י दुईवटा הַקָּנִים֙ डाँठहरूको מִמֶּ֔נָּה यसबाट וְכַפְתֹּ֕ר र–गाँठो תַּחַת־ मुनि שְׁנֵ֥י दुईवटा הַקָּנִ֖ים डाँठहरूको מִמֶּ֑נָּה यसबाट לְשֵׁ֙שֶׁת֙ छवटा הַקָּנִ֔ים डाँठहरूको–लागि הַיֹּצְאִ֖ים निस्कने מִן־ बाट הַמְּנֹרָֽה׃ सामदानको
सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।
36 כַּפְתֹּרֵיהֶ֥ם तिनीहरूका–गाँठोहरू וּקְנֹתָ֖ם र–डाँठहरू מִמֶּ֣נָּה यसबाट יִהְי֑וּ हुनूपर्छ כֻּלָּ֛הּ यो–सबै מִקְשָׁ֥ה घन–गरिएको אַחַ֖ת एउटै זָהָ֥ב सुनको טָהֽוֹר׃ शुद्ध
कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शुद्ध सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मार्तोलले पिटेर बनाएको हुनुपर्छ।
37 וְעָשִׂ֥יתָ र–बनाऊ אֶת־ (वस्तु) נֵרֹתֶ֖יהָ यसका–बत्तीहरू שִׁבְעָ֑ה सातवटा וְהֶֽעֱלָה֙ र–बाल्नू אֶת־ (वस्तु) נֵ֣רֹתֶ֔יהָ यसका–बत्तीहरू וְהֵאִ֖יר र–उज्यालो–दिनेछ עַל־ माथि עֵ֥בֶר तिर פָּנֶֽיהָ׃ यसको–सम्मुख
तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।
38 וּמַלְקָחֶ֥יהָ र–यसका–चिमटाहरू וּמַחְתֹּתֶ֖יהָ र–भस्म–थालाहरू זָהָ֥ב सुनको טָהֽוֹר׃ शुद्ध
चिम्टा र तावाहरू शुद्ध सुनको बनाउनु पर्छ।
39 כִּכָּ֛ר एक–तालेन्ट זָהָ֥ב सुनको טָה֖וֹר शुद्ध יַעֲשֶׂ֣ה बनाइनुपर्छ אֹתָ֑הּ यसलाई אֵ֥ת (वस्तु) כָּל־ सबै הַכֵּלִ֖ים सामानहरू הָאֵֽלֶּה׃ यी–हरूसहित
एक तोडा + 25:39 एक तोडा अथवा “75 पौंड” वा “34.5 किलो ग्राम।” शुद्ध सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।
40 וּרְאֵ֖ה र–हेर–गर וַעֲשֵׂ֑ה र–बनाऊ בְּתַ֨בְנִיתָ֔ם तिनीहरूको–नमूना–अनुसार אֲשֶׁר־ जो אַתָּ֥ה तिमीलाई מָרְאֶ֖ה देखाइएको–छ בָּהָֽר׃ पहाडमा ס —
चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।