Lev 6

? AI
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।
3
अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।
4
यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो।
5
जे जति उसले झूट्टा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।
6
उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।
7
अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”
8
परमप्रभुले मोशालाई भन्नुभयो,
9
“यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।
10
पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्।
11
पूजाहारीले लगाएको वस्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।
12
आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाउरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।
13
वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।
14
“अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।
15
पूजाहरीले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।
16
“रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।
17
त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।
18
परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”
19
परमप्रभुले मोशालाई भन्नुभयो,
20
“यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा।
21
तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।
22
“अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।
23
पूजाहरीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”
24
परमप्रभुले मोशालाई भन्नुभयो,
25
“हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।
26
जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।
27
जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ। “यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।
28
अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।
29
“पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।
30
तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।
Global Bible Tools - Collaborative Bible translation platform