Num 5

? AI
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
3
म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
4
यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।
5
परमप्रभुले मोशालाई भन्नुभयो,
6
“यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।
7
त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।
8
तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।
9
“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।
10
कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”
11
परमप्रभुले मोशालाई भन्नुभयो,
12
“इस्राएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरूषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।
13
तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नर्गलिन्।
14
तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।
15
त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।
16
“तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ।
17
तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।
18
पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याँउछ।
19
“अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।
20
तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।
21
तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’ “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।
22
पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’
23
“तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।
24
अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
25
“तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।
26
पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।
27
जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।
28
तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।
29
“यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,
30
अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।
31
पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”
Global Bible Tools - Collaborative Bible translation platform