1 וַיְהִ֖י र–भयो אַחֲרֵ֣י विपत्ति–पछि הַמַּגֵּפָ֑ה — פ — וַיֹּ֤אמֶר र–परमप्रभुले יְהוָה֙ — אֶל־ — מֹשֶׁ֔ה मोशा וְאֶ֧ל र אֶלְעָזָ֛ר एलाजार בֶּן־ हारूनका–छोरा אַהֲרֹ֥ן — הַכֹּהֵ֖ן पुजारीलाई לֵאמֹֽר׃ भन्नुभयो
त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,
2 שְׂא֞וּ गणना–गर אֶת־ — רֹ֣אשׁ ׀ सबै כָּל־ — עֲדַ֣ת इस्राएलका–सन्तानहरूको בְּנֵי־ — יִשְׂרָאֵ֗ל — מִבֶּ֨ן बीस עֶשְׂרִ֥ים — שָׁנָ֛ה वर्ष וָמַ֖עְלָה र–माथिका לְבֵ֣ית पिता–कुलहरू–अनुसार אֲבֹתָ֑ם — כָּל־ सबै יֹצֵ֥א सेनामा–जाने צָבָ֖א — בְּיִשְׂרָאֵֽל׃ इस्राएलमा
“सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
3 וַיְדַבֵּ֨ר र–मोशा מֹשֶׁ֜ה — וְאֶלְעָזָ֧ר र–एलाजार הַכֹּהֵ֛ן पुजारीले אֹתָ֖ם तिनीहरूलाई בְּעַֽרְבֹ֣ת मोआबको–मैदानमा מוֹאָ֑ב — עַל־ — יַרְדֵּ֥ן यर्दन–नदीको–छेउमा יְרֵח֖וֹ यरीहो–नजिक לֵאמֹֽר׃ भने
यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने,
4 מִבֶּ֛ן बीस עֶשְׂרִ֥ים — שָׁנָ֖ה वर्ष וָמָ֑עְלָה र–माथिका כַּאֲשֶׁר֩ परमप्रभुले צִוָּ֨ה आज्ञा–दिनुभएझैं יְהוָ֤ה — אֶת־ — מֹשֶׁה֙ मोशा וּבְנֵ֣י र–इस्राएलका–सन्तानहरू יִשְׂרָאֵ֔ל — הַיֹּצְאִ֖ים मिश्रदेशबाट–निस्केकाहरू מֵאֶ֥רֶץ — מִצְרָֽיִם׃ —
“इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”
5 רְאוּבֵ֖ן रूबेन בְּכ֣וֹר इस्राएलको–जेठा יִשְׂרָאֵ֑ל — בְּנֵ֣י रूबेनका–सन्तानहरू רְאוּבֵ֗ן — חֲנוֹךְ֙ हनोक מִשְׁפַּ֣חַת हनोकी–कुलको הַחֲנֹכִ֔י — לְפַלּ֕וּא पल्लू מִשְׁפַּ֖חַת पल्लूई–कुलको הַפַּלֻּאִֽי׃ —
रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,
6 לְחֶצְרֹ֕ן हेस्रोन מִשְׁפַּ֖חַת हेस्रोनी–कुलको הַֽחֶצְרוֹנִ֑י — לְכַרְמִ֕י कर्मी מִשְׁפַּ֖חַת कर्मी–कुलको הַכַּרְמִֽי׃ —
हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह, कर्मीबाट कर्मीहरूको कुल समूह।
7 אֵ֖לֶּה यी מִשְׁפְּחֹ֣ת रूबेनी–कुलहरू הָרֻֽאוּבֵנִ֑י — וַיִּהְי֣וּ र–गणना–गरिएकाहरू פְקֻדֵיהֶ֗ם — שְׁלֹשָׁ֤ה त्रिचालीस וְאַרְבָּעִים֙ — אֶ֔לֶף हजार וּשְׁבַ֥ע सात מֵא֖וֹת सय וּשְׁלֹשִֽׁים׃ र–तीस–थिए
रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।
8 וּבְנֵ֥י र–पल्लूका–सन्तानहरू פַלּ֖וּא — אֱלִיאָֽב׃ एलीआब
पल्लूका छोरो एलीआब थिए।
9 וּבְנֵ֣י र–एलीआबका–सन्तानहरू אֱלִיאָ֔ב — נְמוּאֵ֖ל नमूएल וְדָתָ֣ן दातान וַאֲבִירָ֑ם र–अबीराम הֽוּא־ यिनै דָתָ֨ן दातान וַאֲבִירָ֜ם र–अबीराम [קרואי] — (קְרִיאֵ֣י) मण्डलीका–प्रमुखहरू הָעֵדָ֗ה — אֲשֶׁ֨ר जसले הִצּ֜וּ विद्रोह–गरे עַל־ — מֹשֶׁ֤ה मोशा וְעַֽל־ र אַהֲרֹן֙ हारूनको–विरुद्ध בַּעֲדַת־ कोरहको–मण्डलीमा קֹ֔רַח — בְּהַצֹּתָ֖ם परमप्रभुको–विरुद्ध–विद्रोह–गर्दा עַל־ — יְהוָֽה׃ —
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।
10 וַתִּפְתַּ֨ח र–पृथ्वीले הָאָ֜רֶץ — אֶת־ — פִּ֗יהָ आफ्नो–मुख–खोल्यो וַתִּבְלַ֥ע र–निल्यो אֹתָ֛ם तिनीहरूलाई וְאֶת־ र קֹ֖רַח कोरहलाई בְּמ֣וֹת मण्डली–मर्दा הָעֵדָ֑ה — בַּאֲכֹ֣ל आगोले הָאֵ֗שׁ — אֵ֣ת — חֲמִשִּׁ֤ים दुई–सय וּמָאתַ֙יִם֙ — אִ֔ישׁ पचास–जनालाई–भस्म–पार्यो וַיִּהְי֖וּ र–तिनीहरू לְנֵֽס׃ चिन्ह–भए
अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।
11 וּבְנֵי־ तर–कोरहका–सन्तानहरू קֹ֖רַח — לֹא־ मरेनन् מֵֽתוּ׃ — ס —
तर कोरहका छोराहरू मरेनन्।
12 בְּנֵ֣י शिमोनका–सन्तानहरू שִׁמְעוֹן֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לִנְמוּאֵ֗ל नमूएल מִשְׁפַּ֙חַת֙ नमूएली–कुलको הַנְּמ֣וּאֵלִ֔י — לְיָמִ֕ין यामीन מִשְׁפַּ֖חַת यामीनी–कुलको הַיָּמִינִ֑י — לְיָכִ֕ין याकीन מִשְׁפַּ֖חַת याकीनी–कुलको הַיָּכִינִֽי׃ —
कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह,
13 לְזֶ֕רַח जेरह מִשְׁפַּ֖חַת जेरही–कुलको הַזַּרְחִ֑י — לְשָׁא֕וּל शाऊल מִשְׁפַּ֖חַת शाऊली–कुलको הַשָּׁאוּלִֽי׃ —
जेरहबाट जेरहीहरूको कुलसमूह, शाऊलबाट शाऊलहीहरूको कुलसमूह,
14 אֵ֖לֶּה यी מִשְׁפְּחֹ֣ת शिमोनी–कुलहरू הַשִּׁמְעֹנִ֑י — שְׁנַ֧יִם बाईस וְעֶשְׂרִ֛ים — אֶ֖לֶף हजार וּמָאתָֽיִם׃ दुई–सय ס —
शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।
15 בְּנֵ֣י गादका–सन्तानहरू גָד֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לִצְפ֗וֹן सपोन מִשְׁפַּ֙חַת֙ सपोनी–कुलको הַצְּפוֹנִ֔י — לְחַגִּ֕י हग्गी מִשְׁפַּ֖חַת हग्गी–कुलको הַֽחַגִּ֑י — לְשׁוּנִ֕י शूनी מִשְׁפַּ֖חַת शूनी–कुलको הַשּׁוּנִֽי׃ —
तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,
16 לְאָזְנִ֕י ओज्नी מִשְׁפַּ֖חַת ओज्नी–कुलको הָאָזְנִ֑י — לְעֵרִ֕י एरी מִשְׁפַּ֖חַת एरी–कुलको הָעֵרִֽי׃ —
ओजनीबाट ओजनीहरूको कुलसमूह, एरीबाट एरीहरूको कुलसमूह,
17 לַאֲר֕וֹד अरोद מִשְׁפַּ֖חַת अरोदी–कुलको הָאֲרוֹדִ֑י — לְאַ֨רְאֵלִ֔י अरेली מִשְׁפַּ֖חַת अरेली–कुलको הָאַרְאֵלִֽי׃ —
अरोदाबाट अरोदाहरूको कुलसमूह अरेलीबाट अरेलीहरूको कुलसमूह भए।
18 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת गादका–सन्तानहरूका–कुलहरू בְּנֵֽי־ — גָ֖ד — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार אַרְבָּעִ֥ים चालीस אֶ֖לֶף हजार וַחֲמֵ֥שׁ पाँच מֵאֽוֹת׃ सय ס —
गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो। 19-20 यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोः शेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।
19 בְּנֵ֥י यहूदाका–सन्तानहरू יְהוּדָ֖ה — עֵ֣ר एर וְאוֹנָ֑ן र–ओनान וַיָּ֥מָת र–एर עֵ֛ר — וְאוֹנָ֖ן र–ओनान בְּאֶ֥רֶץ कनान–देशमा כְּנָֽעַן׃ मरे
20 וַיִּהְי֣וּ र–यहूदाका–सन्तानहरू בְנֵי־ — יְהוּדָה֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְשֵׁלָ֗ה शेला מִשְׁפַּ֙חַת֙ शेलानी–कुलको הַשֵּׁ֣לָנִ֔י — לְפֶ֕רֶץ पेरेस מִשְׁפַּ֖חַת पेरेसी–कुलको הַפַּרְצִ֑י — לְזֶ֕רַח जेरह מִשְׁפַּ֖חַת जेरही–कुलको הַזַּרְחִֽי׃ —
21 וַיִּהְי֣וּ र–पेरेसका–सन्तानहरू בְנֵי־ — פֶ֔רֶץ — לְחֶצְרֹ֕ן हेस्रोन מִשְׁפַּ֖חַת हेस्रोनी–कुलको הַֽחֶצְרֹנִ֑י — לְחָמ֕וּל हामूल מִשְׁפַּ֖חַת हामूली–कुलको הֶחָמוּלִֽי׃ —
पेरेसका सन्तानहरू यस प्रकारका थिएः हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह, हमूलबाट हामूलीहरूको कुलसमूह।
22 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת यहूदाका–कुलहरू יְהוּדָ֖ה — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार שִׁשָּׁ֧ה छहत्तर וְשִׁבְעִ֛ים — אֶ֖לֶף हजार וַחֲמֵ֥שׁ पाँच מֵאֽוֹת׃ सय ס —
यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
23 בְּנֵ֤י इस्साखारका–सन्तानहरू יִשָּׂשכָר֙ — לְמִשְׁפְּחֹתָ֔ם कुल–अनुसार תּוֹלָ֕ע तोला מִשְׁפַּ֖חַת तोलाई–कुलको הַתּוֹלָעִ֑י — לְפֻוָ֕ה पुवा מִשְׁפַּ֖חַת पुनी–कुलको הַפּוּנִֽי׃ —
तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।
24 לְיָשׁ֕וּב याशूब מִשְׁפַּ֖חַת याशूबी–कुलको הַיָּשׁוּבִ֑י — לְשִׁמְרֹ֕ן शिम्रोन מִשְׁפַּ֖חַת शिम्रोनी–कुलको הַשִּׁמְרֹנִֽי׃ —
याशूबबाट याशूबीहरूको कुलसमूह, हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।
25 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת इस्साखारका–कुलहरू יִשָּׂשכָ֖ר — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार אַרְבָּעָ֧ה चौंसठ्ठी וְשִׁשִּׁ֛ים — אֶ֖לֶף हजार וּשְׁלֹ֥שׁ तीन מֵאֽוֹת׃ सय ס —
इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।
26 בְּנֵ֣י जबूलूनका–सन्तानहरू זְבוּלֻן֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְסֶ֗רֶד सेरेद מִשְׁפַּ֙חַת֙ सर्दी–कुलको הַסַּרְדִּ֔י — לְאֵל֕וֹן एलोन מִשְׁפַּ֖חַת एलोनी–कुलको הָאֵלֹנִ֑י — לְיַ֨חְלְאֵ֔ל यह्लेल מִשְׁפַּ֖חַת यह्लेली–कुलको הַיַּחְלְאֵלִֽי׃ —
तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।
27 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת जबूलूनी–कुलहरू הַזְּבוּלֹנִ֖י — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार שִׁשִּׁ֥ים साठी אֶ֖לֶף हजार וַחֲמֵ֥שׁ पाँच מֵאֽוֹת׃ सय ס —
जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।
28 בְּנֵ֥י योसेफका–सन्तानहरू יוֹסֵ֖ף — לְמִשְׁפְּחֹתָ֑ם कुल–अनुसार מְנַשֶּׁ֖ה मनश्शे וְאֶפְרָֽיִם׃ र–एफ्राइम
यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।
29 בְּנֵ֣י मनश्शेका–सन्तानहरू מְנַשֶּׁ֗ה — לְמָכִיר֙ माकीर מִשְׁפַּ֣חַת माकीरी–कुलको הַמָּכִירִ֔י — וּמָכִ֖יר र–माकीरले–जन्माए הוֹלִ֣יד — אֶת־ — גִּלְעָ֑ד गिलाद לְגִלְעָ֕ד गिलाद מִשְׁפַּ֖חַת गिलादी–कुलको הַגִּלְעָדִֽי׃ —
मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,
30 אֵ֚לֶּה यी בְּנֵ֣י गिलादका–सन्तानहरू גִלְעָ֔ד — אִיעֶ֕זֶר ईएजेर מִשְׁפַּ֖חַת ईएजेरी–कुलको הָאִֽיעֶזְרִ֑י — לְחֵ֕לֶק हेलेक מִשְׁפַּ֖חַת हेलेकी–कुलको הַֽחֶלְקִֽי׃ —
गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह,
31 וְאַ֨שְׂרִיאֵ֔ל र–अस्रीएल מִשְׁפַּ֖חַת अस्रीएली–कुलको הָֽאַשְׂרִֽאֵלִ֑י — וְשֶׁ֕כֶם शेकेम מִשְׁפַּ֖חַת शेकेमी–कुलको הַשִּׁכְמִֽי׃ —
अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह, शेकेमबाट शेकेमीहरूको कुलसमूह,
32 וּשְׁמִידָ֕ע शमीदा מִשְׁפַּ֖חַת शमीदाई–कुलको הַשְּׁמִידָעִ֑י — וְחֵ֕פֶר र–हेफेर מִשְׁפַּ֖חַת हेफेरी–कुलको הַֽחֶפְרִֽי׃ —
शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह
33 וּצְלָפְחָ֣ד र–हेफेरका–छोरा–सलोफहादका בֶּן־ — חֵ֗פֶר — לֹא־ छोराहरू–थिएनन् הָ֥יוּ — ל֛וֹ — בָּנִ֖ים — כִּ֣י तर אִם־ छोरीहरू–मात्र בָּנ֑וֹת — וְשֵׁם֙ र–सलोफहादका בְּנ֣וֹת छोरीहरूका–नाम צְלָפְחָ֔ד — מַחְלָ֣ה महला וְנֹעָ֔ה नोआ חָגְלָ֥ה होग्ला מִלְכָּ֖ה मिल्का וְתִרְצָֽה׃ र–तिर्सा
सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।
34 אֵ֖לֶּה यी מִשְׁפְּחֹ֣ת मनश्शेका–कुलहरू מְנַשֶּׁ֑ה — וּפְקֻ֣דֵיהֶ֔ם गणना–अनुसार שְׁנַ֧יִם बाउन्न וַחֲמִשִּׁ֛ים — אֶ֖לֶף हजार וּשְׁבַ֥ע सात מֵאֽוֹת׃ सय ס —
मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।
35 אֵ֣לֶּה यी בְנֵי־ एफ्राइमका–सन्तानहरू אֶפְרַיִם֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְשׁוּתֶ֗לַח शूतेलह מִשְׁפַּ֙חַת֙ शूतेलही–कुलको הַשֻּׁ֣תַלְחִ֔י — לְבֶ֕כֶר बेकेर מִשְׁפַּ֖חַת बेकेरी–कुलको הַבַּכְרִ֑י — לְתַ֕חַן तहन מִשְׁפַּ֖חַת तहनी–कुलको הַֽתַּחֲנִֽי׃ —
एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह।
36 וְאֵ֖לֶּה र–यी בְּנֵ֣י शूतेलहका–सन्तानहरू שׁוּתָ֑לַח — לְעֵרָ֕ן एरान מִשְׁפַּ֖חַת एरानी–कुलको הָעֵרָנִֽי׃ —
शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह।
37 אֵ֣לֶּה यी מִשְׁפְּחֹ֤ת एफ्राइमका–सन्तानहरूका–कुलहरू בְּנֵי־ — אֶפְרַ֙יִם֙ — לִפְקֻ֣דֵיהֶ֔ם गणना–अनुसार שְׁנַ֧יִם बत्तीस וּשְׁלֹשִׁ֛ים — אֶ֖לֶף हजार וַחֲמֵ֣שׁ पाँच מֵא֑וֹת सय אֵ֥לֶּה यी בְנֵי־ योसेफका–सन्तानहरू יוֹסֵ֖ף — לְמִשְׁפְּחֹתָֽם׃ कुल–अनुसार ס —
एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।
38 בְּנֵ֣י बेन्यामीनका–सन्तानहरू בִנְיָמִן֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְבֶ֗לַע बेला מִשְׁפַּ֙חַת֙ बेलाई–कुलको הַבַּלְעִ֔י — לְאַשְׁבֵּ֕ל अश्बेल מִשְׁפַּ֖חַת अश्बेली–कुलको הָֽאַשְׁבֵּלִ֑י — לַאֲחִירָ֕ם अहीराम מִשְׁפַּ֖חַת अहीरामी–कुलको הָאֲחִירָמִֽי׃ —
बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,
39 לִשְׁפוּפָ֕ם शपूफाम מִשְׁפַּ֖חַת शूफामी–कुलको הַשּׁוּפָמִ֑י — לְחוּפָ֕ם हूफाम מִשְׁפַּ֖חַת हूफामी–कुलको הַחוּפָמִֽי׃ —
शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए।
40 וַיִּהְי֥וּ र–बेलाका–सन्तानहरू בְנֵי־ — בֶ֖לַע — אַ֣רְדְּ अर्द וְנַעֲמָ֑ן र–नामान מִשְׁפַּ֙חַת֙ अर्दी–कुलको הָֽאַרְדִּ֔י — לְנַֽעֲמָ֔ן नामान מִשְׁפַּ֖חַת नामानी–कुलको הַֽנַּעֲמִֽי׃ —
अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए।
41 אֵ֥לֶּה यी בְנֵי־ बेन्यामीनका–सन्तानहरू בִנְיָמִ֖ן — לְמִשְׁפְּחֹתָ֑ם कुल–अनुसार וּפְקֻ֣דֵיהֶ֔ם गणना–अनुसार חֲמִשָּׁ֧ה पैँतालीस וְאַרְבָּעִ֛ים — אֶ֖לֶף हजार וְשֵׁ֥שׁ छ מֵאֽוֹת׃ सय ס —
बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।
42 אֵ֤לֶּה यी בְנֵי־ दानका–सन्तानहरू דָן֙ — לְמִשְׁפְּחֹתָ֔ם कुल–अनुसार לְשׁוּחָ֕ם शूहाम מִשְׁפַּ֖חַת शूहामी–कुलको הַשּׁוּחָמִ֑י — אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת दानका–कुलहरू דָּ֖ן — לְמִשְׁפְּחֹתָֽם׃ कुल–अनुसार
दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह
43 כָּל־ सबै מִשְׁפְּחֹ֥ת शूहामी–कुलहरू הַשּׁוּחָמִ֖י — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार אַרְבָּעָ֧ה चौंसठ्ठी וְשִׁשִּׁ֛ים — אֶ֖לֶף हजार וְאַרְבַּ֥ע चार מֵאֽוֹת׃ सय ס —
दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या 64,400 थियो।
44 בְּנֵ֣י आशेरका–सन्तानहरू אָשֵׁר֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְיִמְנָ֗ה यिम्ना מִשְׁפַּ֙חַת֙ यिम्नाई–कुलको הַיִּמְנָ֔ה — לְיִשְׁוִ֕י यिश्वी מִשְׁפַּ֖חַת यिश्वी–कुलको הַיִּשְׁוִ֑י — לִבְרִיעָ֕ה बरीआ מִשְׁפַּ֖חַת बरीआई–कुलको הַבְּרִיעִֽי׃ —
आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,
45 לִבְנֵ֣י बरीआका–सन्तानहरू בְרִיעָ֔ה — לְחֶ֕בֶר हेबेर מִשְׁפַּ֖חַת हेबेरी–कुलको הַֽחֶבְרִ֑י — לְמַ֨לְכִּיאֵ֔ל मल्कीएल מִשְׁפַּ֖חַת मल्कीएली–कुलको הַמַּלְכִּיאֵלִֽי׃ —
बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।
46 וְשֵׁ֥ם र–आशेरकी–छोरीको–नाम בַּת־ — אָשֵׁ֖ר — שָֽׂרַח׃ सारह
(आशेरको सेरह नाम गरकी छोरी थिई)।
47 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת आशेरका–सन्तानहरूका–कुलहरू בְּנֵי־ — אָשֵׁ֖ר — לִפְקֻדֵיהֶ֑ם गणना–अनुसार שְׁלֹשָׁ֧ה त्रिपन्न וַחֲמִשִּׁ֛ים — אֶ֖לֶף हजार וְאַרְבַּ֥ע चार מֵאֽוֹת׃ सय ס —
कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।
48 בְּנֵ֤י नफ्ताली–का–सन्तानहरू נַפְתָּלִי֙ — לְמִשְׁפְּחֹתָ֔ם कुल–अनुसार לְיַ֨חְצְאֵ֔ל यह्सेल מִשְׁפַּ֖חַת यह्सेली–कुलको הַיַּחְצְאֵלִ֑י — לְגוּנִ֕י गूनी מִשְׁפַּ֖חַת गूनी–कुलको הַגּוּנִֽי׃ —
कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः यहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह
49 לְיֵ֕צֶר येसेर מִשְׁפַּ֖חַת येसेरी–कुलको הַיִּצְרִ֑י — לְשִׁלֵּ֕ם शिल्लेम מִשְׁפַּ֖חַת शिल्लेमी–कुलको הַשִּׁלֵּמִֽי׃ —
येसेरबाट येसेरीहरूको कुलसमूह शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।
50 אֵ֛לֶּה यी מִשְׁפְּחֹ֥ת नफ्तालीका–कुलहरू נַפְתָּלִ֖י — לְמִשְׁפְּחֹתָ֑ם कुल–अनुसार וּפְקֻ֣דֵיהֶ֔ם गणना–अनुसार חֲמִשָּׁ֧ה पैँतालीस וְאַרְבָּעִ֛ים — אֶ֖לֶף हजार וְאַרְבַּ֥ע चार מֵאֽוֹת׃ सय
कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।
51 אֵ֗לֶּה यी פְּקוּדֵי֙ इस्राएलका–सन्तानहरूको–गणना בְּנֵ֣י — יִשְׂרָאֵ֔ל — שֵׁשׁ־ छ מֵא֥וֹת लाख אֶ֖לֶף — וָאָ֑לֶף एक שְׁבַ֥ע हजार מֵא֖וֹת सात וּשְׁלֹשִֽׁים׃ सय–र–तीस פ —
यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
52 וַיְדַבֵּ֥ר र–परमप्रभुले יְהוָ֖ה — אֶל־ — מֹשֶׁ֥ה मोशालाई לֵּאמֹֽר׃ भन्नुभयो
परमप्रभुले मोशालाई भन्नुभयो,
53 לָאֵ֗לֶּה यिनीहरूलाई תֵּחָלֵ֥ק देश–बाँडिनेछ הָאָ֛רֶץ — בְּנַחֲלָ֖ה उत्तराधिकारमा בְּמִסְפַּ֥ר नामहरूको–संख्या–अनुसार שֵׁמֽוֹת׃ —
“यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।
54 לָרַ֗ב ठूलो–कुललाई תַּרְבֶּה֙ बढी–उत्तराधिकार נַחֲלָת֔וֹ — וְלַמְעַ֕ט र–सानो–कुललाई תַּמְעִ֖יט कम–उत्तराधिकार נַחֲלָת֑וֹ — אִ֚ישׁ हरेक–कुललाई לְפִ֣י — פְקֻדָ֔יו गणना–अनुसार יֻתַּ֖ן दिइनेछ נַחֲלָתֽוֹ׃ उत्तराधिकार
ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।
55 אַךְ־ तर בְּגוֹרָ֕ל चिट्ठाद्वारा יֵחָלֵ֖ק देश–बाँडिनेछ אֶת־ — הָאָ֑רֶץ — לִשְׁמ֥וֹת पिता–कुलका מַטּוֹת־ — אֲבֹתָ֖ם नामहरू–अनुसार יִנְחָֽלוּ׃ उत्तराधिकार–पाउनेछन्
तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।
56 עַל־ चिट्ठा–अनुसार פִּי֙ — הַגּוֹרָ֔ל — תֵּחָלֵ֖ק बाँडिनेछ נַחֲלָת֑וֹ उत्तराधिकार בֵּ֥ין ठूला רַ֖ב र–सानाहरू–बीच לִמְעָֽט׃ — ס —
प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”
57 וְאֵ֨לֶּה र–यी פְקוּדֵ֣י लेवीहरूको–गणना הַלֵּוִי֮ — לְמִשְׁפְּחֹתָם֒ कुल–अनुसार לְגֵרְשׁ֗וֹן गेर्शोन מִשְׁפַּ֙חַת֙ गेर्शोनी–कुलको הַגֵּ֣רְשֻׁנִּ֔י — לִקְהָ֕ת कहात מִשְׁפַּ֖חַת कहाती–कुलको הַקְּהָתִ֑י — לִמְרָרִ֕י मरारी מִשְׁפַּ֖חַת मरारी–कुलको הַמְּרָרִֽי׃ —
कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।
58 אֵ֣לֶּה ׀ यी מִשְׁפְּחֹ֣ת लेवी–कुलहरू לֵוִ֗י — מִשְׁפַּ֨חַת लिब्नी–कुल הַלִּבְנִ֜י — מִשְׁפַּ֤חַת हेब्रोनी–कुल הַֽחֶבְרֹנִי֙ — מִשְׁפַּ֤חַת महली–कुल הַמַּחְלִי֙ — מִשְׁפַּ֣חַת मूशी–कुल הַמּוּשִׁ֔י — מִשְׁפַּ֖חַת कोरही–कुल הַקָּרְחִ֑י — וּקְהָ֖ת र–कहातले–जन्माए הוֹלִ֥ד — אֶת־ — עַמְרָֽם׃ अम्राम
लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कुलसमूह, कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए।
59 וְשֵׁ֣ם ׀ र–अम्रामकी–पत्नीको–नाम אֵ֣שֶׁת — עַמְרָ֗ם — יוֹכֶ֙בֶד֙ योकेबेद בַּת־ लेवीकी–छोरी לֵוִ֔י — אֲשֶׁ֨ר जो יָלְדָ֥ה जन्मिएकी–थिइन् אֹתָ֛הּ — לְלֵוִ֖י मिश्रदेशमा–लेवीलाई בְּמִצְרָ֑יִם — וַתֵּ֣לֶד र–तिनले–जन्माइन् לְעַמְרָ֗ם अम्रामको–लागि אֶֽת־ — אַהֲרֹן֙ हारून וְאֶת־ र מֹשֶׁ֔ה मोशा וְאֵ֖ת र מִרְיָ֥ם मिरियम אֲחֹתָֽם׃ तिनीहरूकी–बहिनी
अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
60 וַיִּוָּלֵ֣ד र–हारूनका–जन्मे לְאַהֲרֹ֔ן — אֶת־ — נָדָ֖ב नादाब וְאֶת־ र אֲבִיה֑וּא अबीहू אֶת־ — אֶלְעָזָ֖ר एलाजार וְאֶת־ र–ईतामार אִיתָמָֽר׃ —
हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।
61 וַיָּ֥מָת र–नादाब נָדָ֖ב — וַאֲבִיה֑וּא र–अबीहू–मरे בְּהַקְרִיבָ֥ם अनाधिकृत–आगो אֵשׁ־ — זָרָ֖ה — לִפְנֵ֥י परमप्रभुको–सामु יְהוָֽה׃ चढाउँदा
तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।
62 וַיִּהְי֣וּ र–गणना–गरिएकाहरू פְקֻדֵיהֶ֗ם — שְׁלֹשָׁ֤ה तेईस וְעֶשְׂרִים֙ — אֶ֔לֶף हजार כָּל־ सबै זָכָ֖ר पुरुषहरू מִבֶּן־ एक–महिना חֹ֣דֶשׁ — וָמָ֑עְלָה र–माथिका כִּ֣י ׀ किनभने לֹ֣א — הָתְפָּקְד֗וּ इस्राएलका–सन्तानहरू–बीचमा–गणना–गरिएनन् בְּתוֹךְ֙ — בְּנֵ֣י — יִשְׂרָאֵ֔ל — כִּ֠י किनभने לֹא־ तिनीहरूलाई נִתַּ֤ן उत्तराधिकार–दिइएन לָהֶם֙ — נַחֲלָ֔ה — בְּת֖וֹךְ इस्राएलका–सन्तानहरू–बीचमा בְּנֵ֥י — יִשְׂרָאֵֽל׃ —
एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।
63 אֵ֚לֶּה यी פְּקוּדֵ֣י मोशा מֹשֶׁ֔ה — וְאֶלְעָזָ֖ר र–एलाजार הַכֹּהֵ֑ן पुजारीले–गणना–गरेका אֲשֶׁ֨ר जसले פָּֽקְד֜וּ — אֶת־ — בְּנֵ֤י इस्राएलका–सन्तानहरूलाई יִשְׂרָאֵל֙ — בְּעַֽרְבֹ֣ת मोआबको–मैदानमा מוֹאָ֔ב — עַ֖ל — יַרְדֵּ֥ן यर्दन–नदीको–छेउमा יְרֵחֽוֹ׃ यरीहो–नजिक–गणना–गरे
यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।
64 וּבְאֵ֙לֶּה֙ र–यिनीहरूमध्ये לֹא־ कोही–पनि הָ֣יָה थिएनन् אִ֔ישׁ — מִפְּקוּדֵ֣י मोशा מֹשֶׁ֔ה — וְאַהֲרֹ֖ן र–हारून הַכֹּהֵ֑ן पुजारीले אֲשֶׁ֥ר पहिले פָּקְד֛וּ गणना–गरेकामध्ये אֶת־ — בְּנֵ֥י इस्राएलका–सन्तानहरूलाई יִשְׂרָאֵ֖ל — בְּמִדְבַּ֥ר सीनै–उजाडस्थानमा סִינָֽי׃ —
धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।
65 כִּֽי־ किनभने אָמַ֤ר परमप्रभुले–भन्नुभएको–थियो יְהוָה֙ — לָהֶ֔ם तिनीहरूलाई מ֥וֹת निश्चय יָמֻ֖תוּ उजाडस्थानमा–मर्नेछन् בַּמִּדְבָּ֑ר — וְלֹא־ र–कोही–पनि נוֹתַ֤ר बाँकी–रहेन מֵהֶם֙ — אִ֔ישׁ — כִּ֚י केवल אִם־ — כָּלֵ֣ב कालेब בֶּן־ यपुन्नेका–छोरा יְפֻנֶּ֔ה — וִיהוֹשֻׁ֖עַ र–यहोशू בִּן־ नूनको–छोरा נֽוּן׃ — ס —
किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।