Num 36

? AI
1
मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
2
“परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
3
अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
4
इस्राएलीहरूको पुनर्स्थापनाको समय + 36:4 पुनर्स्थापनाको समय अर्थात “जुबिलि वर्ष।” आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
5
यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
6
सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
7
इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
8
इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
9
यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
10
सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
11
तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
12
तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
13
यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
Global Bible Tools - Collaborative Bible translation platform