2Ki 10

? AI
1
आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने, 2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।”
2
3
4
तर यिज्रेलका अगुवाहरू तथा शासकहरू साह्रै डराएका थिए। तिनीहरू भन्थे, “दुई जना राजा (योराम र अहज्याह) ले यहूलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौ।”
5
जुन मानिसले आहाबले घरको हेरचाह गर्यो; शहरका बूढा-पाका अनि मानिसहरूको देखरेख गर्यो जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहूलाई सन्देश पठायो, “हामी तपाईको सेवकहरू हौं। हामी तपाईले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाई जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।”
6
तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।” आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
7
जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए।
8
दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।” तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुई थुप्रो बनाएर राख।”
9
येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ।
10
तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”
11
यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।
12
येहूले यिज्रेल छोडे अनि सामारिया गए। बाटोमा येहू भेडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेडाहरूको ऊन काट्ने गर्दथे।
13
येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?” उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”
14
तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।” येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।
15
त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?” यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।” येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।” तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।
16
येहूले भने, “मसित आऊ! परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।” यसकारण यहोनादाब येहूको रथमा चढे।
17
येहू सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहूले तिनीहरू सबैको हत्या गरे। येहूले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।
18
त्यसपछि येहूले सबै मानिसहरूलाई जम्मा गरे। येहूले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहूले बालको सेवा मनग्गे गर्नेछ।
19
अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरु यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।” तर येहू तिनीहरू सँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे।
20
येहूले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।
21
तब येहूले सबै इस्राएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।
22
येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।
23
त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”
24
बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे। तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसहले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”
25
येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।” यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।
26
तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।
27
तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीटो बनाए। तिनीहरूले बालको मन्दिरलाई आरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।
28
यसप्रकार येहूले इस्राएलमा बालको पूजालाई अन्त गरिदिए।
29
तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।
30
परमप्रभुले येहूलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्यौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इस्राएलमा शासन गर्नेछन्।”
31
तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।
32
त्यस समयमा परमप्रभुले इस्राएललाई टुक्रायाउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इस्राएलीहरूलाई इस्राएलको प्रत्येक सीमानामा परास्त गरेका थिए।
33
हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।
34
सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
35
येहू मरे अनि उनलाई उनका पुर्खाहरूसंगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए।
36
येहूले सामरियामा 28 वर्ष शासन गरे।
Global Bible Tools - Collaborative Bible translation platform