Job 6

? AI
1
तब अय्यूबले जवाफ दिएः
2
“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता अनि मेरो सबै संकटहरू तराजुमा जोखिन सक्ने भएता।
3
मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गह्रुँङ्ग हुनेथ्यो। यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
4
सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।
5
जब कुनै दुर्घटना घटेको छैन। तिम्रो शब्दहरू भन्नलाई सजिलो छ। जंगली गधाले पनि गुनासो गर्दैन। जब त्यहाँ उसलाई खान घाँस छ अनि गाईले गुनासो गर्दैन् जब त्योसँग खाद्य छ भने।
6
नुन विनाको भोजनको स्वाद असल हुँदैन अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
7
यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ। अनि तिम्रा कुराहरू त्यस्तै छन्।
8
“हाय! मैले जे मागें त्यो पाउँन सकूँ। म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
9
म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।
10
अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।
11
“मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन।
12
म चट्टान जस्तो बलियो छैन। मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
13
म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।
14
“कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
15
तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।
16
जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
17
अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ, पानी बहन रोकिन्छ। अनि खोलाहरू सुक्तछन्।
18
व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।
19
तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्। शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।
20
तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन तर तिनीहरू निराश हुँन्छन्।
21
अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ। तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ।
22
के मैले तिमीहरूलाई सहायता मागे? होइन। तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।
23
के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ? निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’
24
“यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु। मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरे?
25
ईमान्दार वचनहरू शक्तिशाली हुन्छन। तर तिम्रो तर्कहरूको के मतलब छ।
26
जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?
27
तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।
28
तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ। म तिमीहरू प्रति झूटो हुने छैन।
29
यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन।
30
म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”
Global Bible Tools - Collaborative Bible translation platform