Job 14

? AI
1
अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।
2
मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।
3
त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ, अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?
4
“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन।
5
मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो, अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
6
यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।
7
“त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
8
यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सडनेछ।
9
तर पानीमा यो फेरि उम्रनेछ। यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
10
तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।
11
नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ।
12
जब कुनै मानिस मर्छ, उ तल ढल्छ, अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
13
“म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
14
यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला?
15
परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ अनि म तपाईंलाई जवाफ दिनेछु। तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न तपाईंले इच्छा गर्नुहुनेछ।
16
तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
17
तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।
18
“पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ। विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
19
पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ बाढीहरूले मैदानको माटो काटिदिन्छ। त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
20
तपाईंले तिनीहरूलाई, पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
21
यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
22
त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ, अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”
Global Bible Tools - Collaborative Bible translation platform