त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।
2
तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।
3
एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।
4
अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।
5
अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।
6
यसकारण उसले भन्न थाल्यो। उसले भन्योः “म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हौ। यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
7
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
8
तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
9
बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।
10
“यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ। अनि मैले के सोच्दछु त्यो भन्नेछु।
11
जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें। मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
12
तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
13
तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ। परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
14
अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
15
“अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
16
अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें, तर तिनीहरू चुपचापछन्। तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
17
यसैले अब तिमीलाई म जवाफ दिनेछु। हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
18
म कुरै कुराहरूले भरिएकोछु कि म बोल्नै पर्छ नत्र म पड्किनेछु।
19
म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन। म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
20
यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु। मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
21
मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
22
म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।