1 הֲיָדַ֗עְתָּ के–तिमीले–जान्दछौ עֵ֭ת समय לֶ֣דֶת जन्म्नेको יַעֲלֵי־ चट्टानका–पहाडी–बाख्राहरूको סָ֑לַע चट्टानको חֹלֵ֖ל बिराउनेको אַיָּל֣וֹת मृगीहरूको תִּשְׁמֹֽר׃ तिमीले–हेर्छौ
“अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?
2 תִּסְפֹּ֣ר गन्न–सक्छौ יְרָחִ֣ים महिनाहरू תְּמַלֶּ֑אנָה तिनीहरू–पूरा–हुन्छन् וְ֝יָדַ֗עְתָּ र–जान्दछौ עֵ֣ת समय לִדְתָּֽנָה׃ तिनीहरूको–जन्मनेको
के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ? के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
3 תִּ֭כְרַעְנָה तिनीहरू–घुँडा–टेक्छन् יַלְדֵיהֶ֣ן आफ्ना–बच्चाहरूलाई תְּפַלַּ֑חְנָה जन्माउन्छन् חֶבְלֵיהֶ֥ם तिनीहरूका–बिराउने–दुखाइहरू תְּשַׁלַּֽחְנָה׃ टाढा–पार्छन्
जब तिनीहरूलाई प्रसव वेदना हुन्छ तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
4 יַחְלְמ֣וּ बलिया–हुन्छन् בְ֭נֵיהֶם तिनीहरूका–छोराहरू יִרְבּ֣וּ वृद्धि–हुन्छन् בַבָּ֑ר खुल्लामा יָ֝צְא֗וּ तिनीहरू–जान्छन् וְלֹא־ र–फर्कदैनन् שָׁ֥בוּ फर्कन्छन् לָֽמוֹ׃ तिनीहरूकहाँ
ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।
5 מִֽי־ कसले שִׁלַּ֣ח पठायो פֶּ֣רֶא जङ्गली–गधालाई חָפְשִׁ֑י स्वतन्त्र וּמֹסְר֥וֹת र–बन्धनहरू עָ֝ר֗וֹד जङ्गली–गधाको מִ֣י कसले פִתֵּֽחַ׃ खोल्यो
“अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
6 אֲשֶׁר־ जसको שַׂ֣מְתִּי मैले–बनाएँ עֲרָבָ֣ה उजाड–भूमिलाई בֵית֑וֹ यसको–घर וּֽמִשְׁכְּנוֹתָ֥יו र–यसको–बसोबासहरू מְלֵֽחָה׃ नुनिलो–मैदान
मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ। मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिंए।
7 יִ֭שְׂחַק हाँस्छ לַהֲמ֣וֹן शहरको קִרְיָ֑ה हल्लामा תְּשֻׁא֥וֹת चिच्याहट נ֝וֹגֵ֗שׂ चालकको לֹ֣א होइन יִשְׁמָֽע׃ सुन्दैन
जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
8 יְת֣וּר खोज्छ הָרִ֣ים पहाडहरू מִרְעֵ֑הוּ यसको–चरन וְאַחַ֖ר र–पछि כָּל־ सबै יָר֣וֹק हरियो יִדְרֽוֹשׁ׃ खोज्छ
जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन त्यो तिनीहरूको चौउर नै हो जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।
9 הֲיֹ֣אבֶה के–चाहन्छ רֵּ֣ים जङ्गली–साँडले עָבְדֶ֑ךָ तिम्रो–सेवा–गर्न אִם־ वा–के יָ֝לִ֗ין यो–रात–काट्नेछ עַל־ माथि אֲבוּסֶֽךָ׃ तिम्रो–चरनमा
“अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
10 הֲֽתִקְשָׁר־ के–तिमीले–बाँध्न–सक्छौ רֵ֭ים जङ्गली–साँडलाई בְּתֶ֣לֶם सीतामा עֲבֹת֑וֹ डोरीले אִם־ वा–के יְשַׂדֵּ֖ד यसले–जोत्नेछ עֲמָקִ֣ים बेँसीहरू אַחֲרֶֽיךָ׃ तिम्रो–पछि
के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ ताकि तिमीले खेत जोत्न सक्छौ?
11 הֲֽתִבְטַח־ के–तिमीले–भरोसा–गर्छौ בּ֭וֹ यसमा כִּי־ किनभने רַ֣ב ठूलो כֹּח֑וֹ यसको–शक्ति וְתַעֲזֹ֖ב र–तिमीले–छोड्छौ אֵלָ֣יו यसमा יְגִיעֶֽךָ׃ तिम्रो–परिश्रम
एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
12 הֲתַאֲמִ֣ין के–तिमीले–भरोसा–गर्छौ בּ֭וֹ यसमा כִּי־ किनभने [ישוב] [यसले–फर्काउनेछ] (יָשִׁ֣יב) यसले–फर्काउनेछ זַרְעֶ֑ךָ तिम्रो–बीउ וְֽגָרְנְךָ֥ र–तिम्रो–खलामा יֶאֱסֹֽף׃ जम्मा–गर्नेछ
के खलाबाट धन उठाई ढुकुटीमा लान त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?
13 כְּנַף־ पखेटा רְנָנִ֥ים शुतुरमुर्गको נֶעֱלָ֑סָה आनन्दले–फट्फटाउँछ אִם־ तर–के אֶ֝בְרָ֗ה पखेटा חֲסִידָ֥ה सारसको וְנֹצָֽה׃ र–पखहरूजस्तो
“शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।
14 כִּֽי־ किनभने תַעֲזֹ֣ב यसले–छोड्छ לָאָ֣רֶץ भूइंमा בֵּצֶ֑יהָ आफ्ना–अण्डाहरू וְֽעַל־ र–माथि עָפָ֥ר धूलोमा תְּחַמֵּֽם׃ तातो–पार्छ
शतुरमुर्गले भूइँमा अण्डाहरू पार्दछ अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।
15 וַ֭תִּשְׁכַּח र–भुल्छ כִּי־ कि רֶ֣גֶל खुट्टाले תְּזוּרֶ֑הָ यसलाई–कुल्चनेछ וְחַיַּ֖ת र–जनावर הַשָּׂדֶ֣ה मैदानको תְּדוּשֶֽׁהָ׃ यसलाई–कुल्चनेछ
शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिडछ अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।
16 הִקְשִׁ֣יחַ कठोर–व्यवहार–गर्छ בָּנֶ֣יהָ आफ्ना–बच्चाहरूसँग לְּלֹא־ आफ्ना–नभएझैं לָ֑הּ आफ्नो לְרִ֖יק व्यर्थमा יְגִיעָ֣הּ यसको–परिश्रम בְּלִי־ बिना פָֽחַד׃ डरको
शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।
17 כִּֽי־ किनभने הִשָּׁ֣הּ परमेश्वरले–वञ्चित–राख्नुभयो אֱל֣וֹהַּ परमेश्वरले חָכְמָ֑ה बुद्धि וְלֹא־ र–बाँड्नुभएन חָ֥לַק दिनुभएन לָ֝֗הּ यसलाई בַּבִּינָֽה׃ समझदारीमा
किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन। शथुरमूर्ग लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
18 כָּ֭עֵת जब בַּמָּר֣וֹם उच्चमा תַּמְרִ֑יא उड्छ תִּֽשְׂחַ֥ק हाँस्छ לַ֝סּ֗וּס घोडामा וּלְרֹֽכְבֽוֹ׃ र–यसको–सवारमा
तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ, किनभने उ कुनै पनि घोडा भन्दा छिटो दर्गुछे।
19 הֲתִתֵּ֣ן के–तिमीले–दिन्छौ לַסּ֣וּס घोडालाई גְּבוּרָ֑ה शक्ति הֲתַלְבִּ֖ישׁ के–तिमीले–लगाउन्छौ צַוָּאר֣וֹ यसको–घाँटीमा רַעְמָֽה׃ गर्जन
“अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?
20 הְֽ֭תַרְעִישֶׁנּוּ के–तिमीले–कम्पाउन्छौ–यसलाई כָּאַרְבֶּ֑ה सलहजस्तो ה֖וֹד प्रताप נַחְר֣וֹ यसको–सुस्कारको אֵימָֽה׃ भयानक–छ
के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ? घोडा जोडले हिन्हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।
21 יַחְפְּר֣וּ तिनीहरू–खन्छन् בָ֭עֵמֶק बेँसीमा וְיָשִׂ֣ישׂ र–आनन्दित–हुन्छन् בְּכֹ֑חַ शक्तिमा יֵ֝צֵ֗א तिनीहरू–जान्छन् לִקְרַאת־ भेट्न נָֽשֶׁק׃ हतियारको
घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ। त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।
22 יִשְׂחַ֣ק हाँस्छ לְ֭פַחַד डरमा וְלֹ֣א र–होइन יֵחָ֑ת त्रासिदैन וְלֹֽא־ र–होइन יָ֝שׁ֗וּב फर्कदैन מִפְּנֵי־ तरवारको–अगाडिबाट חָֽרֶב׃ तरवारको
घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
23 עָ֭לָיו यसमाथि תִּרְנֶ֣ה खन्किन्छ אַשְׁפָּ֑ה तरकस לַ֖הַב झल्किन्छ חֲנִ֣ית भाला וְכִידֽוֹן׃ र–ढाल
काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।
24 בְּרַ֣עַשׁ कम्पनमा וְ֭רֹגֶז र–उत्तेजनामा יְגַמֶּא־ निल्छ אָ֑רֶץ भूमि וְלֹֽא־ र–होइन יַ֝אֲמִ֗ין विश्वास–गर्दैन כִּי־ कि ק֥וֹל स्वर שׁוֹפָֽר׃ तुरहीको
घोडा एकदम उत्तेजित हुन्छ। त्यो मैदानमा चाँडो दर्गुछ। जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
25 בְּדֵ֤י जब–बज्छ שֹׁפָ֨ר ׀ तुरही יֹ֘אמַ֤ר यसले–भन्छ הֶאָ֗ח आहा וּֽ֭מֵרָחוֹק र–टाढाबाट יָרִ֣יחַ सुङ्घ्छ מִלְחָמָ֑ה युद्ध רַ֥עַם गर्जन שָׂ֝רִים सेनापतिहरूको וּתְרוּעָֽה׃ र–जयजयकारको
जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’ उसले टाडैबाट युद्ध सुँध्ने गर्छ। उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।
26 הֲֽ֭מִבִּינָ֣תְךָ के–तिम्रो–समझले יַֽאֲבֶר־ उड्छ נֵ֑ץ बाज יִפְרֹ֖שׂ फैलाउँछ [כנפו] [यसको–पखेटा] (כְּנָפָ֣יו) यसको–पखेटाहरू לְתֵימָֽן׃ दक्षिणतिर
“अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27 אִם־ के עַל־ माथि פִּ֭יךָ तिम्रो–आज्ञाले יַגְבִּ֣יהַּ उच्च–उड्छ נָ֑שֶׁר चील וְ֝כִ֗י र–किनभने יָרִ֥ים बनाउँछ קִנּֽוֹ׃ यसको–गुँड
के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
28 סֶ֣לַע चट्टानमा יִ֭שְׁכֹּן यो–बस्छ וְיִתְלֹנָ֑ן र–रात–बिताउँछ עַֽל־ माथि שֶׁן־ चट्टानको–टुप्पो סֶ֝֗לַע चट्टानको וּמְצוּדָֽה׃ र–किल्लामा
गिद्ध पर्वत र शिखरमा बस्दछ। चट्टान नै गिद्धको किल्ला हो।
29 מִשָּׁ֥ם त्यहाँबाट חָֽפַר־ खोज्छ אֹ֑כֶל खाना לְ֝מֵרָח֗וֹק टाढाबाट עֵינָ֥יו यसका–आँखाहरूले יַבִּֽיטוּ׃ हेर्छन्
गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ। गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
30 [ואפרחו] [र–यसका–चल्लाहरू] (וְאֶפְרֹחָ֥יו) र–यसका–चल्लाहरू יְעַלְעוּ־ चुस्छन् דָ֑ם रगत וּבַאֲשֶׁ֥ר र–जहाँ חֲ֝לָלִ֗ים मारिएकाहरू שָׁ֣ם त्यहाँ הֽוּא׃ यो–छ פ —
जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन। अनि बच्चाहरूले रगत चुस्दछ।”