मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।
2
परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
3
तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्।
4
दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।
5
दुष्ट मानिसहरू प्रशस्त भयबोधले ग्रस्त छन्। किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्।
6
दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। तर परमेश्वर सधैं ती असल मानिससँग हुनुहुन्छ।
7
सियोनमा इस्राएल लाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल ) खुशी हुनेछ।