Psa 47

? AI
1
हे सारा मानिसहरू हो ताली बजाऊ। परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2
सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3
अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो, उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4
परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो। उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5
नरसिंह र तुरहीको आवाजमा, जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6
परमेश्वरको स्तुति-गान गर। स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7
परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ। प्रशंसाको + 47:7 प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक माने स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ। गीतहरू गाऊ।
8
परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9
सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्। अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन। सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन। परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
Global Bible Tools - Collaborative Bible translation platform