Psa 66

? AI
1
हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!
2
उहाँको नाउँको महिमाको प्रशंसा गर! स्तुति-गानहरूले उहाँको सम्मान गर!
3
उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!
4
सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
5
परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।
6
परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो। उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे। प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
7
परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
8
हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर। ठूलो स्वरले उहाँको गुण-गान गर।
9
मानिसहरूलाई जीवन दिनु भयो। अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10
मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11
हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो। तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12
तपाईंले आगो र पानी माथिबाट टाउको समातेर हामीलाई तान्नु भयो, + 66:12 हामीलाई तान्नु भयो अथवा हामीलाई हाम्रो शत्रुहरू प्रयोग गरेर तान्नु भयो। हामी आगो र पानी माथि भएर गयौं। तैपनि तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ। 13-14 यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु। जब-जब म संकटमा परें तब तपाईंको सहयोग मागें। मैले मेरा प्रतिज्ञाहरू तपाईं प्रति पालन गरें। अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें।
13
14
15
म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु, म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु, म साँढेहरू र बाख्राहरू चढाउने छु।
16
तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ। आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो। 17-18 मैले उहाँलाई प्रार्थना गरें, र मेरो जिब्रोबाट उहाँको गुणगान गरें। मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
17
18
19
परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20
परमेश्वरको प्रशंसा गर! परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो। उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।
Global Bible Tools - Collaborative Bible translation platform