Psa 87

? AI
1
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2
परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।
3
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
4
परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
5
परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
6
परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
7
परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्। रू सुखी छन्। तिनीहरू गाइरहेछन् र नाचिरहेछन्। तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”
Global Bible Tools - Collaborative Bible translation platform