Psa 126

? AI
1
जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!
2
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
3
हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
4
परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस, जसरी झरना र बग्दा पानीले एकपल्ट मरूभूमि भरिनेछ।
5
एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
6
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
Global Bible Tools - Collaborative Bible translation platform