Psa 129

? AI
1
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
2
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्।
3
तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
4
तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
5
मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
6
ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।
7
काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
8
तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
Global Bible Tools - Collaborative Bible translation platform