हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
2
तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सँधै नै तयार हुन्छन्।
3
तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्। त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
4
हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
5
ती अंहकारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिंजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे।
6
हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
7
हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
8
हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्।
9
परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10
जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस् तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11
परमप्रभु, ती झूटाहरूलाई बस्न वा बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12
म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।