मानिसहरू मर्दछन् र गाडिन्छन्! अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
5
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।
7
दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8
परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10
परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गरौं।