मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।
10
यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
11
यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
12
यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।
13
हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
14
यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन।
15
एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।
16
धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।
यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।
19
दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,
20
किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।
21
हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
22
किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
23
यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
24
एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
25
तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
26
निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
27
पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
28
तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
29
यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
30
म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
31
त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
32
मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
33
एक छिनको सुताईले अनि एक छिनको आरामले।
34
दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।