1 זְב֣וּבֵי मरेका–झिंगाहरूले מָ֔וֶת मृत्युका יַבְאִ֥ישׁ दुर्गन्धित–बनाउँछ יַבִּ֖יעַ र–उम्लाउँछ שֶׁ֣מֶן तेल רוֹקֵ֑חַ अत्तर–बनाउनेको יָקָ֛ר बहुमूल्य מֵחָכְמָ֥ה बुद्धिभन्दा מִכָּב֖וֹד सम्मानभन्दा סִכְל֥וּת मूर्खता מְעָֽט׃ थोरै
मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
2 לֵ֤ב मन חָכָם֙ बुद्धिमानको לִֽימִינ֔וֹ उसको–दाहिनेतिर וְלֵ֥ב तर–मन כְּסִ֖יל मूर्खको לִשְׂמֹאלֽוֹ׃ उसको–देब्रेतिर
ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिंडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।
3 וְגַם־ र–पनि בַּדֶּ֛רֶךְ बाटोमा [כשהסכל] मूर्ख (כְּשֶׁסָּכָ֥ל) मूर्खले הֹלֵ֖ךְ हिँड्दा לִבּ֣וֹ उसको–मनमा חָסֵ֑ר अभाव–छ וְאָמַ֥ר र–भन्छ לַכֹּ֖ל सबैलाई סָכָ֥ל मूर्ख הֽוּא׃ त्यो–हो
मूर्ख बाटोमा हिडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
4 אִם־ यदि ר֤וּחַ मन הַמּוֹשֵׁל֙ शासकको תַּעֲלֶ֣ה उठ्छ עָלֶ֔יךָ तिम्रो–विरुद्धमा מְקוֹמְךָ֖ तिम्रो–ठाउँ אַל־ न תַּנַּ֑ח छोड כִּ֣י किनभने מַרְפֵּ֔א शान्तताले יַנִּ֖יחַ शान्त–पार्छ חֲטָאִ֥ים ठूला–पापहरू גְּדוֹלִֽים׃ ठूला
मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
5 יֵ֣שׁ छ רָעָ֔ה दुखद רָאִ֖יתִי मैले–देखें תַּ֣חַת मुनि הַשָּׁ֑מֶשׁ सूर्यको כִּשְׁגָגָ֕ה भुलजस्तो שֶׁיֹּצָ֖א जो–निस्कन्छ מִלִּפְנֵ֥י शासकको–अगाडिबाट הַשַּׁלִּֽיט׃ शासकको
यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ।
6 נִתַּ֣ן राखिन्छ הַסֶּ֔כֶל मूर्खतालाई בַּמְּרוֹמִ֖ים उच्च–स्थानहरूमा רַבִּ֑ים धेरै וַעֲשִׁירִ֖ים र–धनीहरू בַּשֵּׁ֥פֶל निच–स्थानमा יֵשֵֽׁבוּ׃ बस्छन्
मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउंछन् जसको कुनै महत्व हुँदैन।
7 רָאִ֥יתִי मैले–देखें עֲבָדִ֖ים दासहरूलाई עַל־ माथि סוּסִ֑ים घोडाहरू וְשָׂרִ֛ים र–राजकुमारहरू הֹלְכִ֥ים हिँड्दैछन् כַּעֲבָדִ֖ים दासहरूजस्तै עַל־ माथि הָאָֽרֶץ׃ भूमिमा
नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।
8 חֹפֵ֥ר खन्नेले גּוּמָּ֖ץ खाल्डो בּ֣וֹ त्यसमा יִפּ֑וֹל खस्छ וּפֹרֵ֥ץ र–भत्काउनेले גָּדֵ֖ר पर्खाल יִשְּׁכֶ֥נּוּ टोक्छ–उसलाई נָחָֽשׁ׃ सर्पले
आफूले खनेको खाडलमा आफै पर्न सक्छन। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।
9 מַסִּ֣יעַ उठाउनेले אֲבָנִ֔ים ढुंगाहरू יֵעָצֵ֖ב घाइते–हुन्छ בָּהֶ֑ם तिनीहरूद्वारा בּוֹקֵ֥עַ चिर्नेले עֵצִ֖ים दाउरा יִסָּ֥כֶן खतरामा–पर्छ בָּֽם׃ तिनीहरूद्वारा
ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।
10 אִם־ यदि קֵהָ֣ה भोथ्रो–हुन्छ הַבַּרְזֶ֗ל फलाम וְהוּא֙ र–त्यसले לֹא־ धार פָנִ֣ים सानिएन קִלְקַ֔ל तिख्यो–बनाएन וַחֲיָלִ֖ים त–शक्तिहरू יְגַבֵּ֑ר वृद्धि–गर्छ וְיִתְר֥וֹן र–फाइदा הַכְשֵׁ֖ר(הכשיר*הַכְשֵׁ֖ר) सफल–बनाउनेको חָכְמָֽה׃ बुद्धि–हो
तर बुद्धिले हर काम सुगम हुँन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुँन्छ ज्ञान त्यस्तै हो।
11 אִם־ यदि יִשֹּׁ֥ךְ टोक्छ הַנָּחָ֖שׁ सर्पले בְּלוֹא־ मन्त्र–बिना לָ֑חַשׁ मन्त्रको וְאֵ֣ין त–छैन יִתְר֔וֹן फाइदा לְבַ֖עַל जिभ्रो–मालिकलाई הַלָּשֽׁוֹן׃ जिभ्रोको
लट्ठ्याउन अघिनै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
12 דִּבְרֵ֥י वचनहरू פִי־ मुखका חָכָ֖ם बुद्धिमानको חֵ֑ן कृपा וְשִׂפְת֥וֹת तर–ओठहरू כְּסִ֖יל मूर्खका תְּבַלְּעֶֽנּוּ׃ निल्छन्–उसलाई
ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
13 תְּחִלַּ֥ת शुरु דִּבְרֵי־ वचनहरू פִ֖יהוּ उसको–मुखका סִכְל֑וּת मूर्खता וְאַחֲרִ֣ית र–अन्त्य פִּ֔יהוּ उसको–मुखको הוֹלֵל֖וּת भयानक–पागलपन רָעָֽה׃ दुष्ट
मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुग्याउँदछ।
14 וְהַסָּכָ֖ל र–मूर्खले יַרְבֶּ֣ה बढाउँछ דְבָרִ֑ים वचनहरू לֹא־ जान्दैन יֵדַ֤ע जान्दैन הָאָדָם֙ मानिसले מַה־ के–छ שֶׁיִּֽהְיֶ֔ה जो–हुनेछ וַאֲשֶׁ֤ר र–जो יִֽהְיֶה֙ हुनेछ מֵֽאַחֲרָ֔יו उसपछि מִ֖י कसले יַגִּ֥יד बताउनेछ לֽוֹ׃ उसलाई
मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा हुनेवाला छ।
15 עֲמַ֥ל परिश्रम הַכְּסִילִ֖ים मूर्खहरूको תְּיַגְּעֶ֑נּוּ थकाउँछ–उसलाई אֲשֶׁ֥ר जसले לֹֽא־ जान्दैन יָדַ֖ע जान्दैन לָלֶ֥כֶת जानलाई אֶל־ तिर עִֽיר׃ शहरतिर
एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ, यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।
16 אִֽי־ धिक्कार–तिमीलाई לָ֣ךְ तिमीलाई אֶ֔רֶץ देश שֶׁמַּלְכֵּ֖ךְ जसको–राजा נָ֑עַר बालक וְשָׂרַ֖יִךְ र–जसका–राजकुमारहरू בַּבֹּ֥קֶר बिहानमा יֹאכֵֽלוּ׃ खान्छन्
देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।
17 אַשְׁרֵ֣יךְ धन्य–तिमीलाई אֶ֔רֶץ देश שֶׁמַּלְכֵּ֖ךְ जसको–राजा בֶּן־ छोरा חוֹרִ֑ים कुलीनहरूको וְשָׂרַ֙יִךְ֙ र–जसका–राजकुमारहरू בָּעֵ֣ת उचित–समयमा יֹאכֵ֔לוּ खान्छन् בִּגְבוּרָ֖ה शक्तिको–लागि וְלֹ֥א र–नभई בַשְּׁתִֽי׃ मत्ततामा
तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।
18 בַּעֲצַלְתַּ֖יִם अल्छीपनले יִמַּ֣ךְ खस्कन्छ הַמְּקָרֶ֑ה छानो וּבְשִׁפְל֥וּת र–हातको–शिथिलताले יָדַ֖יִם हातको יִדְלֹ֥ף चुहिन्छ הַבָּֽיִת׃ घर
यदि कोही कामगर्न अति अल्छी छ भनें उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।
19 לִשְׂחוֹק֙ आनन्दको–लागि עֹשִׂ֣ים बनाइन्छ לֶ֔חֶם भोजन וְיַ֖יִן र–दाखमद्यले יְשַׂמַּ֣ח आनन्दित–पार्छ חַיִּ֑ים जीवनलाई וְהַכֶּ֖סֶף र–पैसाले יַעֲנֶ֥ה उत्तर–दिन्छ אֶת־ — הַכֹּֽל׃ सबैकुराको
मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।
20 גַּ֣ם पनि בְּמַדָּֽעֲךָ֗ तिम्रो–मनमा–पनि מֶ֚לֶךְ राजालाई אַל־ न תְּקַלֵּ֔ל श्राप–देओ וּבְחַדְרֵי֙ र–सुत्ने–कोठामा–पनि מִשְׁכָּ֣בְךָ֔ तिम्रो–ओछ्यानको אַל־ न תְּקַלֵּ֖ל श्राप–देओ עָשִׁ֑יר धनीलाई כִּ֣י किनभने ע֤וֹף चरा הַשָּׁמַ֙יִם֙ आकाशको יוֹלִ֣יךְ पुर्याउनेछ אֶת־ — הַקּ֔וֹל आवाजलाई וּבַ֥עַל र–पखेटावालाले [הכנפים] पखेटाहरूको (כְּנָפַ֖יִם) पखेटाहरू יַגֵּ֥יד बताउनेछ דָּבָֽר׃ कुरा
राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।