Sng 7

? AI
1
हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
2
तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
3
तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।
4
तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।
5
तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।
6
तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राम्री र मनमोहक छौ।
7
तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।
8
म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
9
तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।
10
म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
11
आउँनु होस् मेरा प्रेमी, हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।
12
हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
13
हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।
Global Bible Tools - Collaborative Bible translation platform