Isa 12

? AI
1
त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।
2
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ, अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
3
तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। तब तिमीहरू आनन्दित हुनेछौ।
4
त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5
परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!
Global Bible Tools - Collaborative Bible translation platform