Isa 50

? AI
1
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ? के ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अहँ! तिमीहरू बेचियौ किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
2
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
3
दु:खमा लगाउने कालो भन्दा कालो लुगा जस्तै म आकाश अन्धकार बनाउन सक्छु।”
4
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
5
परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन।
6
मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।
7
परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन।
8
परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ।
9
तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मदले तिनीहरूलाई खानेछ।
10
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
11
परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”
Global Bible Tools - Collaborative Bible translation platform