Ezk 8

? AI
1
एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं वर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो।
2
मैले देखें त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो।
3
तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो।
4
त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शन कबारको खोल्चामा देखे।
5
परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।
6
तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”
7
यसकारण म चोकको प्रवेशद्वारमा गएँ अनि मैले भित्तामा एउटा प्वाल देखें।
8
परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो। त्यो भित्ताको प्वाल भित्र पस।” यसकारण म भित्ताको प्वाल भएर गएँ अनि यहाँ मैले एउटा ढोका देखें।
9
तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।”
10
यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो।
11
तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उडदै थियो।
12
तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’”
13
तब परमप्रभुले मलाई भन्नुभयो, “यदि तिमी मसँग आयौ भने ती मानिसहरूले गर्दै गरेको डरलाग्दो कामहरू तिमीले देख्नेछौ।”
14
तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले स्त्रीहरू बसेर रूँदै गरेको देखे। तिनीहरू झूटा देवता तम्मूजको विषयमा शोक मनाइरहेका थिए।
15
परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयंकर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयंकर चीजहरू देख्नेछौ?”
16
तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!
17
तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्।
18
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दु:ख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
Global Bible Tools - Collaborative Bible translation platform