Amo 2

? AI
1
परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो।
2
यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।
3
यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरुसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।
4
परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।
5
यसैकारण म यहूदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”
6
परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे।
7
तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।
8
तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरु तिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमा पिए।
9
“तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए।
10
“मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ।
11
मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ।
12
“तर तिमीहरुले नाजिरीहरुलाई दाखरस खुवायौ। तिमीहरुले अगमबक्ताहरुलाई अगमवाणी गर्न रोक लगायौ।
13
हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु।
14
कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।
15
धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सकने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन।
16
परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।
Global Bible Tools - Collaborative Bible translation platform