Zec 6

? AI
1
तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुईवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें।
2
पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए।
3
तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।
4
तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”
5
स्वर्गदूतले भने, “तिनीहरु स्वर्गका चार हावाहरू हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्।
6
काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।”
7
बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरुलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।”यसकारण, तिनीहरू पृथ्वीभरि गए।
8
तब परमप्रभुले मलाई जोडसंग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”
9
तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो,
10
“निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ।
11
त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। तब यहोशूलाई यसो भन।
12
उसलाई भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ: ‘त्यहाँ एकजना मानिस छ जसलाई हाँगो भनिन्छ। त्यो हाँगो जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
13
हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’
14
त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”
15
टाढा-टाढाका मानिसहरु आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरुकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।
Global Bible Tools - Collaborative Bible translation platform