Sng 3

? AI
1
राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें, तर उसलाई पाउन सकिनँ।
2
अब म उठ्छु, म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली, र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।
3
मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे, मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
4
जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ, तब मैले मेरा प्रेमीलाई भेटें, मैले उहाँलाई समातें, र उहाँलाई मेरी आमाको घरमा लगें अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
5
हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।
6
यी नारी को हुन् जो धेरै मानिसहरू सित, मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ, मानौं कि त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।
7
सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।
8
तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।
9
राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए। तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10
त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
11
सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।
Global Bible Tools - Collaborative Bible translation platform