Sng 4

? AI
1
मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ। आहा! तिमी सुन्दरी छौ। घुम्टोभित्र लुकेका ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन् तिम्रा ती लामा केश गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
2
तिम्रो दाँतहरू भेडा झैं सेता छन् जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ। तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन् र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3
तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्। तिम्रो मुख अति सुन्दर छ, तिम्रो घुम्टोभित्रका गालाहरू एउटा दारीमका दुई फ्याकहरू जस्तै छन्।
4
तिम्रो घाँटी लामो अनि पातलो छ, दाऊदको किल्ला जस्तै, त्यो किल्ला सजाउनको निम्ति बनाएका हजारौं ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग छन्।
5
तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्, हरिणको जुम्ल्याहा पाठा जस्तै लिली फूलहरू विच चरिरहन्छ।
6
म त्यो गन्धरसको पर्वत माथि जानेछु, र सुगन्धितको पहाडमा जानेछु, जब मैले आफ्नो अन्तिम सास लिनेछु अनि छायाँहरू लामो भई लुक्नेछन्।
7
मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।
8
हे मेरी दुलही म भएकोमा आऊ, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ।
9
मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10
हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11
मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आँउछ।
12
मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13
तिम्रो शरीर दारीम जस्तै छ अनि अरू लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको बासनाले भरिएको बगैंचा झौं
14
जटामसी केश दालचिनी, तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
15
तिमी बग्ने पानीको स्रोत जस्तै छौ। तिमी कुवाको पानी झैं ताजा छौ, लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
16
उत्तरी हावा, तिमी उठ, दक्षिणी हावा, तिमी आऊ। मेरो बगैंचामा बह अनि आफ्नो सुगन्ध छर्क। मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन् अनि त्यहाँका मिठा फलहरू खाऊन्।
Global Bible Tools - Collaborative Bible translation platform